बक्राङ, गाेरखा । शहिदलखन गाउँपालिका वडा नम्बर १ स्थित सुनडाँडा,पिपपलछाप,बक्राङ गाल्धुक, ल्हाेपा गाउँमा रहेका ७७ घरधुरीका लागि स्वास्थ्य सामग्रि वितरण भएकाे छ ।
बक्राङ घर भइ जापानमा रहेर काम गर्ने सरिता थापा मगरकाे सहयाेगमा मास्क,स्यानीटाइजर, ज्वराे मापन गर्ने थर्माेमिटर प्रदान गरिएकाे हाे ।
गाउँमा काेराेना भाइरसका विरामीहरु बढेकाे र गाउँका मानिसहरु मास्क स्यानीटाइजरका लागि बजार धाउनुपर्नै अवस्था आएपछि आफ्नै बाबुआमा, गाउँका दाजूभाइहरु सम्झेर सहयाेग गरेकाे उनले बताइन ।

प्रत्येक घरधुरीका लागि ५० थान मास्क, दुइ बाेतल स्यानीटाइर र एक थान थर्माेमिटर प्रदान गरिएकाे सहयाेग हस्तान्तरण कार्यक्रमका सँयाेजक गणेश थापाले बताए ।
गाउँमा पुगेर टाेल टाेलका नागरिकका टाेल नेतालाइ बाेलाएर सामग्री प्रदान गरिएकाे स्थानीय तारा बहादुर थापाले बताए । आगामि दिनमा समस्या परेका अन्य गाउँमा समेत सहयाेग गरिने सँयाेजक थापाले बताए ।
यस गाउँका २० जना नागरिकहरु काेराेना सङक्रमित रहेका छन् । स्वास्थ्य सामग्री पाएपछि आफूहरुलाइ हाैसला मिलेकाे र छिट्टै राेग विसेक हुने अपेक्षा गरेकाे स्थानीय वेद बहादुर थापाले बताए ।






