Home Breaking News हिउँचितुवाकाे आक्रमणबाट खच्चड, घाेडा, भेँडाकाे मृत्यु

हिउँचितुवाकाे आक्रमणबाट खच्चड, घाेडा, भेँडाकाे मृत्यु

शुक्रबार, साउन १५, २०७८
0
301

साउन,१५ गाेरखा ।  (रासस) : उत्तरी गोरखामा हिउँचितुवाको आक्रमणबाट १७ ओटा घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिउँचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका वडा नम्बर ६, का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।

‘चुम्चेतको लेकको खर्कमा चराउन छोडिएका मध्ये १६ वटा खच्चड र १ वटा घोडा हिउँचितुवाले मारिसकेको छ, उनले भने,‘अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडाहरु छोडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।’

सडक यातायातको पहुँच नपुगेको उत्तरी गोरखामा गोरखामा खच्चडबाट नियमित रुपमा समान ढुवानी गर्ने गरिन्छ । ‘जेठको अन्तिम सातादेखि परेको अबिरल बर्षाका कारण उत्तरी गोरखामा पदैल र खच्चड हिड्ने बाटो समेत अबरुद्ध छ, लामाले भने, चरनका लागि लेकमा छोड्ने चलन छ, चितुवाले आक्रमण गरेर मार्न थालेपछि अब छोड्न पनि डर भएको छ ।’

चरनका लागि खर्कमा छोडिएको खच्चड र घोडा नभेटिएपछि खोजी गर्दा चितुवाले मारेको भेटिएकाे हाे । वडाध्यक्ष लामाले स्थानिय आङ्दी लामा, बुझिमा लामा र चित्रबहादुर गुरुङले पाल्दै आएका घोडा र खच्चडलाई चितुवाले आक्रमण गरि मारेको जानकारी दिए ।

उत्तरी गोरखाको गोरेटो बाटो पहिरोका कारण अबरुद्व भए पछि अहिले त्यस क्षेत्रमा रहेका बसै खच्चडहरु लेकमा चरनका लागि छोडिएको छ । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र आयोजना भित्र पर्ने चुमनुव्री गाउँपालिकाका बिभिन्न स्थानमा सन् २०१०/११ मा पहिलो हिमचितुवा फेला परेको थियाे ।

NO COMMENTS