गाेरखा । गाेरखा नगरपालिका वडा नम्बर १२ स्थित १० किलाे बजारमा बा ७९ प ३११० नम्बरकाे माेटरसाइकल र बाग्मति प्रदेश ०२ ०२० प ७४५७ नम्बरकाे स्कुटि ठाेक्किदा तीन जना घाइते भएका छन् ।

शाखा सडकबाट मूल सडकमा निस्किएकाे स्कुटी मूल सडकमा गुडिरहेकाे माेटरसाइकलमा ठाेक्किएकाे प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परि माेटरसाइकल चलाक रवि घिमिरे , पछाडि रहेका सुमन थापा र स्कुटिमा सवार शिशिर ढकाल घाइते भएका छन् । उनीहरुलाइ उपचार लागि तारानगर स्वास्थ्य चाैकीकाे एम्बुलेन्सले भरतपुर तर्फ लगेकाे छ । माैटरसाइकल र स्कुटी बाह्र किलाे प्रहरी चाैकीकाे नियन्त्रणमा रहेकाे छ । घाइतेहरुकाे अवस्था खतरामुक्त रहेकाे प्रहरीले जनाएकाे छ ।





