आजदेखि गाेरखामा नियमित विद्युत प्रसारण हुने

बिहिबार, साउन १४, २०७८
0
304

साउन १४, गोरखा । नेपाल विद्युत प्राधिकरणको गोरखा सवस्टेशनमा नयाँ ट्र्रान्फर्मर जडान भएपछि आजदेखि नियमित विद्युत प्रसारण हुने भएकाे छ ।

६/८ एमभिएको ट्र्रान्फर्मर बिग्रिएपछि त्यतिनै क्षमताको नयाँ ट्र्रान्फर्मर जडान गरी विद्युत प्रसारण गरिएकाे हाे ।

ट्र्रान्सफर्मर बिग्रिएका कारण जिल्लाका अधिकाँश क्षेत्रमा गएको साउन ९ गते बिहानदेखि विद्युत सेवा बन्द रहेकाे थियाे । अवरुद्ध सेवा आज विहिबार विहानबाट र नियमित हुने वितरण केन्द्र प्रमुख नेत्रमणि  न्यौपानेले बताउए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here