असोज ३१, गाेरखा। जिल्लाकाे आरुघाट गाउँपालिका वडा नम्बर १ मान्बुलाइ केन्द्र विन्दु बनाएर आज विहान ४:९ बजे मा बारपाक भूकम्पकाे पराकम्पन गएकाे छ । उक्त समयमा जिल्ला भरी भूकम्पको धक्का महसुस भएको छ ।
४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बारपाक भूकम्प पछि सयाैँ पराकम्पनहरु गइरहेकाे केन्द्रले जनाएकाे छ ।






