Home Breaking News फागुन १ गतेदेखि विद्यालय खाेल्न सकिने, १२ वर्ष मुनिका बालबालिकाहरुलाइ आलाेपालाे गरी...

फागुन १ गतेदेखि विद्यालय खाेल्न सकिने, १२ वर्ष मुनिका बालबालिकाहरुलाइ आलाेपालाे गरी विद्यालय बाेलाउन पाइने

आइतवार, माघ २३, २०७८
0
176

पढ्न पाएर खुशी देखिएका विद्यार्थीहरु ।

फागुन १ गते स्कूल तथा कलेज खोल्न पाइने भएको छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।

यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ । १२ वर्ष मुनिका बालबालिकाहरुले खाेप नलगाएका कारण उनीहरुलाइ हप्तामा तिन दिन मात्र स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयमा उपस्थित गराउन निर्देशन गरेकाे छ ।

NO COMMENTS