समाजसेवी रानाद्वारा चिसाेबाट कठाङ्ग्रिएका परिवारलाइ न्यानाे कपडा प्रदान

आइतवार, माघ २३, २०७८
0
173
मनकामना । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर २ स्थित वेतेनीका बासिन्दा एवँ वेतेनी सामुदायिक हाेमस्टेका अध्यक्ष समासेवी लिल बहादुर रानाले जाडाेले कठाङ्ग्रिएका त्यस क्षेत्रका नागरिकहरुलाइ न्यानाे कपडा वितरण गरेका छन् ।
आफ्नै व्यक्तिगत लगानीमा गाउँमा रहेका अपाङ्गता भएका नागरिकहरु र जाडाे भएपनि न्यानाे कपडा खरिद गर्न नसकेका परिवारजनहरुलाइ उनले आज न्यानाे कपडा वितरण गरेका हुन् ।
रानाले आज ८५ थान न्यानाे कपडा वितरण गरेका हुन् । याे जाडाेकाे समयमा न्यानाे कपडा पाउँदा आफूहरुलाइ खुशी लागेकाे न्यानाे कपडा लिनेहरुले बताएका छन् । रानाकाे  सामाजिक सेवाको उनीहरुले उच्च कदर गर्दै  सुख,शान्ति, सम्वृद्धि र दिर्घायुको कामना समेत गरेका छन् ।
वेतेनी लगायत मनकामना क्षेत्रका विकासकाे लागि रानाले विशेष याेगदान गर्दै आएका छन् । लिल बहादुर राना यस क्षेत्रका स्थापित समाजसेवी रहेका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here