गोरखा । नेपालगञ्ज उपमहानगरपालिका १ का २१ वर्षीय हिमाल बुढाको हत्या गरेर ११ बर्षदेखि फरार रहेका नेपालगञ्ज उपमहानगरपालिका १० का ३३ वर्षीय सौभाग्य मल्ल गोरखाबाट पक्राउ परेका छन् । मल्ल शुक्रबार गोरखा नगरपालिका ६ पाटेचौरबाट पक्राउ परेका हुन्।
२०६७ माघ ३ गते बुढाको हत्यापछि कर्तब्य ज्यान मुद्दा लागेका उनि शुक्रबार गोरखाबाट पक्राउ गरेकाे गोरखा प्रहरीले पुष्टि गरेकाे छ ।
पक्राउ परेका मल्ललाई आवश्यक न्यायिक प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बाँकेसंग समन्वय गरी शनिबार नै बाँकेबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएकाे प्रहरी डिएसपी प्रकाश दाहालले बताए ।






