गाेरखा । यात्रु बाेक्ने सवारी साधनकाे भाडा १० प्रतिशतले वृद्धि भएकाे छ । पहाडमा चल्ने मालवाहक सवारी साधनकाे भाडा १२ प्रतिशत र तयाइमा चल्ने मालवाहक सवारीकाे भाडा १५ प्रतिशतका दरले वृद्धि गरी भाडा समायाेजन गरिएकाे यातायात व्यवस्था विभागले जनाएकाे छ । गाेरखा आँवुखैरेनी रुटमा यस अघि ९५ रुपंयाँ रहेकामा १० प्रतिशत वृद्धि भएर १०४ रुपैयाँ ५० पैसा पुगेकाे छ ।
भाडावृद्धि भएकाे भन्दै गाेरखाका स्थानीय रुटमा सवारी साधनहरुले बढे भन्दा धेरै भाडा असुली गर्न थालेका छन् । साविककाे भाडादरमा १० प्रतिशत जाेडेर भाडा दिन यातायात व्यवस्था विभागले सर्वसाधरणमा अनुराेध गरेकाे छ ।