गोरखा नगरपालिका काेभिड विरुद्ध पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

आइतवार, चैत्र २०, २०७८
0
137
गाेरखा नगरपालिकामा आयाेजित कार्यक्रम झलक ।

गाेरखा । गोरखा नगरपालिका काेभिड विरुद्ध पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएकाे छ । शनिवार गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले कोभिड–१९ को पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेका थिए ।

पालिका भित्र रहेका १२ वर्षभन्दा माथिका सबै जनाले कोरोनाको खोप लगाएसँगै कोभिड–१९ कोरोना भाईरस विरुद्धको पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा  भएकाे हाे ।  जनस्वास्थ्य अधिकृत इश्वर रेग्मीका अनुसार १२ देखि १७ वर्ष उमेरका पाँचहजार चारसय ९९ जनाले र १८ वर्ष उमेर माथिका ३६ हजार ६ सय ५४ जनालाई खोप लगाएका छन् ।

कोभिशील्ड , अष्ट्राजेनिका पहिलो र दोस्रो, जन्सन एण्ड जन्सन एक मात्रा, भेरोसिल पहिलो र दोस्रो र मोर्डना पहिलो र दोस्रो मात्रा खोप  नगरपालिका भित्र बसाेबास गर्ने सबै नागरिकहरुले लगाएका हुन् ।

कार्यक्रममा नगरपालिका भित्रका कोभिडको समयमा खोप अभियान खटिने स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी गरी ९० जनालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

गाेरखा नरपालिका मेयर राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य लगायतले मन्तव्य राखेका थिए । यस अघि धार्चे गाउँपालिका पूर्ण खाेप सुनिश्चित पालिका घाेषणा भएकाे  थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here