पोखरामा हुने प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ मा करिब १ सय २८ जना खेलाडीहरु सहभागि हुने

आइतवार, साउन २९, २०७९
0
156

पोखरा २९, साउन । 
पोखरामा हुने प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ मा करिब १ सय २८ जना खेलाडीहरु सहभागि हुने भएका छन्। देविज स्नुकर क्लबको आयोजनामा आउदो भदौं १२ देखि १९ गतेसम्म पोखरामा पहिलो पटक संचालन हुने उक्त प्रतियोगितामा कास्कीबाट करिब ४८ जना सहित १ सय २८ जना सहभागि हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।


प्रतियोगितामा काठमाण्डौं, भक्तपुर, ललितपुर, वुटवल, बागलुङ लगायतको क्षेत्रबाट करिब ८० जना खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका संयोजक शंकर गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार १ सय ११ रुपैयाको साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । उपविजेतालाई भने ७१ हजार १ सय ११ रुपैयाको साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको संयोजक गुरुङले जनाए । सेमिफाईनलिष्ट (दुई जना) खेलाडीहरुलाई जनही १५ हजार १ सय ११ नगदका साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ भने प्रतियोगितामा हाई हाईयस्ट ब्रेकरलाई २१ हजार १ सय ११ रुपैयाका साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ ।

जिल्ला तथा राष्ट्रियस्तरबाटै विलियार्ड, स्नुकर खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत र सामुहिक भावनाले अभिवृद्घि गराउने उद्धेश्यले उक्त प्रतियोगिता पोखरामा गर्न लागिएको कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सागर कुमार शाहीले बताए । पोखरा आधुनिक विलियार्ड, स्नुकर खेल स्थल व्यवस्थित, मर्मत सम्हार, निर्माण साथै खेल क्ष्ेोत्रको विकासलाई अगाडि बढाउन उक्त प्रतियोगिताले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा विकसित गराउन, नयाँ प्रतिभाशाली खेलाडीहरु उत्पादन गरी अझ यस जिल्ला र राष्ट्रमा विलियार्ड, स्नुकर खेलको रौनक बढाउन उक्त प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । त्यसै गरी भू.पू राष्ट्रिय खेलाडीहरुको सहभागितामा विलियार्ड, स्नुकर खेलको विकास र विस्तार तथा भाइचारा वन्धुत्वको भावना अभिवृद्घि गराउन, सामाजिक, आर्थिक, शौक्षिक एवं पर्यटकीय क्षेत्रबाट विकसित यस क्षेत्रलाई खेलकूद मार्फत आन्तरिक पर्यटनको प्रवद्र्घन गर्न खेलको माध्यमबाट राष्ट्रिय एकता र शान्तिको सन्देश दिन पनि उक्त प्रतियोगिता गर्न लागिएको आयोजकको दाबी छ ।
उक्त प्रतियोगिता पहिलो पटक पोखरामा हुनुले आफुहरु निकै उत्साहित भएको महेन्द्र नेपाली, मनिस लगायतका खेलाडीहरुले खुसि व्यक्त गरेका छन्। आफ्नै घर आगनमा आयोजना हुने उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरी आफुहरुको प्रयास हुने उनीहरुले बताए । नवौं खेलकुदमा स्नुकरलाई समावेस गर्न उनीहरुले माग समेत गरे ।

पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले आफ्नो वडामा हुने राष्ट्रिय स्तरको कुनै पनि प्रतियोगितालाई भरपूर्ण रुपमा सहयोग गर्ने बताए । बुद्धमार्ग टोल सुधार समितिका अध्यक्ष एव ंपृथ्बी राजमार्ग बस संचालक कम्पनीका पुर्व अध्यक्ष ऐन कुमार शाहीले आफ्नो टोलमा हुने उक्त प्रतियोगिताले टोलकै इज्जत र प्रतिष्ठानसंग जोडिएकोले प्रतियोगितालाई सफल पार्न आर्थिक भौतिक हरेक हिसावले सहयोग गर्ने बताए । पोखरामा करिब ७० वटा पुल क्लवहरु भए पनि कास्कीको संघमा भने करिब १८ वटा मात्र क्लवबहरु आवद्ध भएको क्लवका प्रथम उपाध्यक्ष राजु गुरुङले बताए ।

सो प्रतियोगिता सफल पार्न १८ लाख २८ हजार खर्च हुने तथा २१ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको प्रतियोगिताका अर्थ संकलन संयोजक प्रदीप रसाइलीले बताए । पोखरा क्षेत्रमा करिब एक सय ५० भन्दा बढी स्नुकर खेल्ने खेलाडी भए पनि र्याङकीङमा पर्ने ३२ जना खेलाडीहरु रहेको संघका महासचिव सविन जिसीले बताए ।

युबा तथा खेलकूद मन्त्रालय, गण्डकी प्र्रदेश, पोखरा महानगरपालिका खेलकूद विकास समिति, नेपाल विलियार्डस् स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोग तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रबद्र्धनमा उक्त प्रतियोगिता हुने भएको हो । पोखरा महानगरपालिका वडा नं. ८ स्थित डेभिज् स्नुकर क्लबमा सञ्चालन हुने भएको छ भने प्रतियोगिता नकआउटको आधारमा खेलाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here