शहिद स्मृति, जनशक्ति र भगवती हिमालयलाइ तीन स्वर्ण

आइतवार, माघ २९, २०७९
0
209

शहिदलखन । गाउँपालिका स्थित काउले भङ्गारमा सञ्चालन भइरहेकाे राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा उद्घाटनकाे पहिलाे दिन भएकाे खेलमा शहिद स्मृति मावि बुङ्काेट, जनशक्ति मावि नामजुङ र भगवती हिमालय मावि घैरुङले तीन तिन स्वर्ण प्राप्त गरेका छन् ।

११ वटा विद्यालय सहभागि खेलमा मनकामना माविले २ वटा रजत एउटा कास्य, सिञ्जाली माविले १ रजत र १ कास्य, हिमालय मावि बासकाेटले १ स्वर्ण, रामेश्वरी माविले १ रजत १ स्वर्ण प्राप्त गरेका छन् । खेलकाे पहिलाे दिन शहिद स्मृति मावि ३ स्वर्ण, ५ रजत र १ कास्य प्राप्त गरी प्रथम स्थानमा रहेकाे छ ।

पहिलाे दिन भएकाे भलिबल खेलमा  छात्र तर्फ शहिद स्मृति मावि बुङ्काेट र भगवती हिमालय मावि घैरुङकाे विजय सुरुवात भएकाे छ । छात्रा तर्फ हिमालय मावि बाँसकाेटले विजय हासिल गरेकाे छ ।

खेल आज विहानदेखि सुरु हुने शहिदलखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयाे । खेलकाे गाउँपालिका अध्यक्ष रमेश थापाले उद्घाटन गर्नुभएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here