गाेरखा । जिल्लाकाे शहिद लखन गाउँपालिका वडा नं -७ बुङकोट खाब्दि भन्ज्याङमा रहेको बुंकोट स्वास्थ्य चौकीको भवनमा आज बिहान करिब ४:३० बजे बिद्युत लाईन सट भई आगलागी भएकाे छ ।
आगलागि नियन्त्रणका लागि स्थानीय नागिरक, जनप्रतिनिधिहरु,कर्मचारी,नेपाली सेना श्री रिपुमर्दन गण गोरखा,सशस्त्र प्रहरी बल गोरखा,नेपाल प्रहरी एवं रेडक्रस सोसाईटीका स्वमसेवकहरु खटिएका थिए । आागाे विहान ६:३० मा नियन्त्रणमा आएकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।
आगाे नियन्त्रणका लागि गाउँ गाउँबाट मानिसहरु आएका थिए । आगाेलागिका कारण भएकाे क्षेतिकाे विवरण सँङ्कलन भइरहेकाे वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
आगाेलागिका कारण स्वास्थ्य चाैकीबाट हुने सेवा प्रवाहमा समस्या भएकाे छ ।