Home Breaking News किशाेरी बलत्कार आराेपमा भिमसेन र पालुङटारका दुइ जना पक्राउ

किशाेरी बलत्कार आराेपमा भिमसेन र पालुङटारका दुइ जना पक्राउ

सोमवार, भदौ ४, २०८०
0
217

भदौ ४ गाेरखा । गोरखामा जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्बर १० अमराई बस्ने ३२ बर्षका हरि लामिछाने र भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेल ५२ बर्षका पुरुष रहेका छन् । लामिछानेले गएको साउन १९ गते १६ बर्षकी नाबालिका बर्षलाई गोरखा नगरपालिका–७, नयाँबजार स्थित पीडितको डेरा कोठामा एक्लै भएको मौका छोपी कोठा भित्र प्रवेश गरेर जवजस्ती करणी गरेको पिडित परिवारले दिएको जाहेरीमा उल्लेख छ ।

मसेल स्थित गैह्राथोकबाट पक्राउ परेको पुरुषले मानसिक तथा शारिरिक अपांगता भएकी १९ बर्षकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

युवतीलाई फकाई फुलाई घर कोठा भित्र लगी जबरजस्ती करणी गरेको घटनामा पीडितको आफन्त दिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका दुवै जना बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरिएको छ । उनीहरु माथि थप अनुसन्धानका लागि जिल्ला अदालत गोरखाबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

NO COMMENTS