नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इन्चार्ज र संयोजकमा नयाँलाइ जिम्मेवारी

आइतवार, भदौ ३, २०८०
0
149

 भदौ ३,पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इन्चार्ज र संयोजकमा हेरफेर भएकाे छ ।  पार्टीको आइतबार बसेको गण्डकी प्रदेश समितिको सातौ पूर्णबैठकले गोरखा जिल्ला संयोजकको जिम्मेवारी प्रदेश समितिका सदस्य दीपक तिमेल्सिनालाई तोकिएको प्रदेश सचिव जगन्नाथ खनालले बताए।  केन्द्रीय समितिले गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य दीपक कोइरालालाई दिएको छ ।

प्रदेश समितिले तिमेल्सिनालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको सचिव खनालले बताए। नेता तिमेल्सिना गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष समेत हुन् ।

गोरखा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका  केन्द्रीय सदस्य अमर तमुलाई केन्द्रले नवलपुर जिल्ला समितिको इन्चार्जको जिम्मेवारी दिएपछि गोरखा जिल्ला पार्टीको इन्चार्जमा भने यसअघि पोखरा महानगरपालिकाका इन्चार्ज रहेका दिपक कोइरालालाई केन्द्रले जिम्मवारी दिएको हाे ।

माओवादी केन्द्रले  भदौ १६, गतेदेखि सञ्चालन गर्न लागेको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लाई मध्यनजर गण्डकी प्रदेश भित्रका सवै जिल्लाको इन्चार्जको जिम्मेवारीमा हेरफेर गरेको सचिव खनालले जानकार दिए ।

त्यस वाहेक प्रदेश भित्र जिम्मेवारीमा रहेका पार्टीका केन्द्रीय सदस्यहरुलाई अन्तर जिल्ला र प्रदेश समितिका सदस्यहरुलाई अन्तर पालिकामा जिम्मेवारी तोकेको उनले बताए ।

जसमा लमजुङ जिल्लाको इन्चार्जमा आशा खनाल, पर्वत इन्चार्जमा बलावती शर्मा, तनहुँमा शैलेन्द्र घिमिरे, मनाङमा बुद्धिराम गुरुङ, म्याग्दीमा गुप्तबहादुर हमाल, र मुस्ताङमा कपिल लामालाई इन्चार्जको जिम्मेवारी दिइएको सचिव खनालले जानकारी दिए ।

यस अघि गृह जिल्लामा इञ्चार्च दिँदा घरमै बसेर फाेनबाट इञ्चार्चसिप गर्न थालेपछि पार्टी विग्रन थालेकाे भन्दै इञ्चार्ज र जिल्ला सँयाेजकमा माओवादीले व्यापक फेरबदल गरेकाे मा‌ओवादीका एक केन्द्रिय सदस्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here