गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ नवलपुर र महिला तर्फ पर्वत बिजयी

शुक्रबार, बैशाख १४, २०८१
0
142

गोरखा । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिकामा सम्पन्न गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ नवलपुर र महिला तर्फ पर्वत बिजयी भएका छन् । त्यस्तै पुरुष तर्फ स्याङ्जाले दोस्रो उपाधी हाँसिल गरेको छ । भने म्यादीले तेस्रो स्थान हाँसील गरेको छ । त्यस्तै महिला भलिबल तर्फ भने म्यादीले दोस्रो स्थान हाँसील गरेको छ । भने स्याङ्जाले तेस्रो स्थान हासिल रेको छ ।

खेलमा उत्कृष्ट खेलाडीहरु पुरुषतर्फ सर्वोउत्कृष्ट खेलाडी हिमाल सुनारी नवलपुर, वेष्ट स्पाइकर सञ्जुविक्रम शाह स्याङजा, वेष्ट सेटर दान बहादुर गाहा नवलपुर, वेष्ट सर्भर देवेन्द्र बुढा म्याग्दी, वेष्ट ब्लकर सरोज बर्देवा नवलपुर, वेष्ट डिफेन्डर राजन दर्लामी स्याङजा, उत्कृष्ट प्रशिक्षक राम नारायण महतो नवलपुर बनेका छन् ।

 

महिलातर्फ सर्वोउत्कृष्ट खेलाडी रीमा कुंवर पर्वत, वेष्ट स्पाइकर रिञ्जना बोटे म्याग्दी, वेष्ट सेटर बिना फगामी पर्वत, वेष्ट सर्भर सोइङ थापा स्याङजा, वेष्ट ब्लकर मनिषा तिलिजा म्याग्दी, वेष्ट डिफेन्डर जायरा निसा स्याङजा, उत्कृष्ट प्रशिक्षक जगदिश सुवेदी पर्वत बनेका छन् ।

प्रतियोगितामा ११ जिल्लाका महिलातर्फ १० टिम र पुरुषतर्फ १० टिम गरी कुल २० टिमको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here