Home Breaking News चितुवाकाे आक्रमणबाट बन्दिपुरमा बालककाे मृत्यु

चितुवाकाे आक्रमणबाट बन्दिपुरमा बालककाे मृत्यु

शुक्रबार, साउन ४, २०८१
0
175

साउन ४ , तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा बन्दिपुर अस्पतालमा मृत्यु भएको थियो ।

NO COMMENTS