गाेरखामा ४१ पिन्ट रगत सङ्कलन, कर्माचार्यले गरे १७९ औँ पटक रक्तदान

शनिबार, साउन ५, २०८१
0
258

गाेरखा । आज मिति साउन ५ गतेका दिन नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा गोरखाको आयोजनामा  भएकाे रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत सङ्कलन भएकाे छ ।

गोरखा नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यता र नेपाल स्वयंसेवी रक्तदाता समाज संस्थाका केन्द्रीय अध्यक्ष  प्रेमसागर कर्माचार्यकाे रक्तदान कार्यक्रममा सहभागिता रहेकाे थियाे ।

कर्माचार्यले आज १७९ औँ पटक रक्तदान गर्नुभएकाे छ ।  रक्तदान गर्नु जीवनदान गरे सरह भएकाेले आफूले निरन्तर रक्तदान गर्दै आएकाे कर्मचार्यले बताउनुभयाे ।

कार्यक्रम गाेरखा नगरपालिका वडा नम्बर ११ काे प्राङ्गणमा भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here