गाेरखा । राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम शहिद लखन थापा स्मृति कप २०८१ काे उपाधि रामेश्वरी मावि बुङ्काेटले हात पारेकाे छ । ११ स्वर्ण जितेर रामेश्वरी मावि प्रथम भएकाे हाे ।
४ स्वर्ण जितेकाे शहिद स्मृति मावि बुङकाेट दाेस्राे भएकाे छ । भलिवलकाे पुरुष तर्फकाे स्वर्ण भने सिञ्जाली मावि ताक्लुङले जितेकाे छ । खेल आज सकिएकाे छ । विजयी खेलाडीहरुलाइ गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।







