अजिरकाेट राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा प्रभा मावि खरिबाेट च्याम्पियन

बुधबार, कार्तिक १४, २०८१
0
178

राजेन्द्र न्याैपाने

 अजिरकाेट, गाेरखा । अजिरकाेट गाउँपालिकामा भएकाे चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे च्याम्पियन प्रभा मावि अपुन खरिबाेट भएकाे छ । उसले ९ स्वर्ण, ५ रजत र ४ काँस्य गरी कुल १८ पदक प्राप्त गरेकाे हाे ।

दाेस्राे हुन सफल ज्ञान ज्याेति मावि हँसपुरले ६ स्वर्ण, ७ रजत र ७ काँस्य गरी २० पदक प्राप्त गरेकाे छ ।

तृतीय भएकाे हिमालय मावि सिमजुङले ४ स्वर्ण प्राप्त गरेकाे थियाे ।

साेमबार देखि सुरु भएकाे खेल आज सकिएकाे हाे । खेलमा महिला तर्फकाे भलिवल चतुर्माला मावि मुच्चाेक र पुरुष तर्फकाे भलिवल हिमालय मावि सिमजुङले जितेकाे शिक्षा शाखा कर्मचारी सुदिप थापाले जानकारी दिनुभयाे ।

विजयी खेलाडी र विद्यार्थीहरुलाइ ट्रफि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएकाे थियाे । गाउँपालिका अध्यक्ष दिपक देवकाेटाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सहभागिहरुले नाचगान गरी रमाइलाे गरेका थिए ।

खेल क्षेत्रबाट बालबालिकामा रहेकाे क्षमताहरुलाइ उजागर गर्न अजिरकाेट गाउँपालिकाले पालिका स्तरीय प्रतियाेगिता गर्दै आएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here