२५ साउन, गोरखा । गोरखा नगरपालिका–१३ को मझुवा–बैटारी–हटिया सडक कालोपत्रे भएको छ । गोरखा र तनुहँको पुलको सिमानमा रहेको प्रमुख प्रवेशद्वारा नजिक रहेको सडक झण्डै ३४ वर्ष पछि पाँच सय मिटर सडक कालोपत्रे भएको हो ।
गोरखा नगरपालिका र राष्ट्रिय सभा सदस्य कमला पन्तको सांसद विकास कोषबाट ९६ लाख ४३ हजार ६२४ रुपियाँ रकम बजेटमार्फत सडक कालोपत्रे गरिएको हो ।
सडक कालोपत्र योजनाका लागि चिराग कन्ट्रक्सन प्रालिसँग २०८० साल जेठ ७ गते सम्झौता भएर भर्खर मात्रै सडक कालोपत्रे सम्पन्न भएको गोरखा नगरपालिका–१३ वडाध्यक्ष मित्रकुमारी नेपालीले जानकारी दिनुभयो ।
परियारका अनुसार २०८१ साल जेठ ६ गते सम्पन्न गरिसक्नु पर्ने भएता पनि निर्माण कम्पनीले विविध कारण देखाउँदै सडक कालोपत्रे गर्न ढिला सुस्ती गर्दे आएकोमा साना सहरी विकास कार्यालय कास्कीले पटक पटक ताकेता गरेपछि निर्माण कम्पनीले झण्डै ३ वर्षपछि सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालीले बताउनुभयो ।
उक्त सडक कालोपत्रे भएपछि १३ नम्बर भित्रका दराई गाउँ, जै कोट, फेदीखोला, सातदोबाटे, यु खर्क, बैटारी, सुनार गाउँ, तल्लो हटिया, मनमस्ता, सिमलथुम्की, ढकाल गाउँ बेलघारी, ठिमुरे र वडा नम्बर १४ को पर्यटकिय स्थल उपल्लो हटिया, कोट गाउँ, छाँकु र प्युघर, याङकोट, पुग्नलाई सहज हुने वडा अध्यक्ष नेपालीको भनाइ छ ।
विसं २०४८ सालमा ट्रयाक खोलेको सडक २०८२ सालमा सडक कालोपत्रे भएपछि स्थानियवासी खुसी भएका छन् ।