देशभर डेंगुको प्रकोप बढ्दो, एक सातामा १८० नयाँ संक्रमित

शुक्रबार, साउन ३१, २०८२
0
94

काठमाडौँ। नेपालमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  (इडिसिडी का अनुसार देशका ७४ जिल्लामा संक्रमण फैलिसकेको छ।

गएको पुस महिनायता डेंगुका २ हजार ९५२ संक्रमित पुष्टि भएका छन्। पछिल्लो एक सातामै १८० जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै १० जनामा संक्रमण देखिएको छ।

प्रदेशगत विवरणअनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित छ, जहाँ ८७७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि बागमती प्रदेशमा ६१२ र कोशी प्रदेशमा ५१८ जना संक्रमित भेटिएका छन्।

पछिल्लो एक साताको तथ्यांक हेर्दा भने बागमती प्रदेशमा सबैभन्दा धेरै ४५ जना नयाँ संक्रमित थपिएका छन्। रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here