टप टी–२० सिरिजः हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैै नेपाल, दीपेन्द्रसिंह ऐरी बेन्चमा

मङ्लबार, भदौ ३, २०८२
0
125

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले होबर्ट हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । टस जितेर नेपालले पहिलो ब्याटिङ गर्न लागेको हो ।

नेपालले हालसम्म सिरिजका तीन खेलमा लगातार पराजय भोगेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ। नेपाली टिममा आज दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राखिएको छ ।

नेपाली टिम
रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, नन्दन यादव, करण केसी, रिजन ढकाल र लोकेस बम ।खबरहब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here