साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले भारतसँग खेल्दै

शुक्रबार, भदौ १३, २०८२
0
107

१३ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भारतसँग खेल्दै छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । यसअघि भारतसँग भएको पहिलो खेलमा नेपाल ७-० गोलअन्तरले पराजित भएको थियो ।

नेपाल २ खेल खेल्नुअगावै उपाधि होडबाट बाहिरिसकेको छ । ४ खेलमा १ जित मात्र निकालेको नेपालको उपाधि सम्भावना सकिएको हो ।

डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ४ खेलमा १२ अंक जोडेर शीर्षस्थानमा छ भने बंगलादेश ४ खेलमा ९ अंक जोडेर दोस्रो तथा नेपाल ३ अंक जोडेर तेस्रोमा छ । जितविहीन भुटान चौथोमा छ ।

पहिलो खेलमा भारतसँग फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई २-१ गोलअन्तरले हराएको थियो भने तेस्रो र चौथो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान छ ।

नेपालले यसपछि अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ ।

नेपाली टोली

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।-अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here