मनकामनामा आज पञ्चमी जात्रा

सोमवार, कार्तिक २५, २०८२
0
26

राजेन्द्र न्यौपाने
२४ कार्तिक, गोरखा । प्रसिद्ध तिर्थ स्थल मनकामना मन्दिरमा आज पञ्चमी जात्रा लाग्दछ । गुठी पञ्चमी भनेर चिनिने आजको दिन मनमकामना मन्दिरको सबै भन्दा ठूलो पर्व रहेको मन्दिरका मुल पुजारी इन्सानबाबु थापा मगरले जानकारी दिनुभयो । पर्वका अवसरमा मन्दिरको नियमित पुजासँगै विषेश पुजा हुने गर्दछ । भक्तजनहरुले धेरै मात्रामा फूलको डोली, पञ्चवोली ल्याउने चलन रहि आएको छ ।
मनकामना मन्दिरमा विशेष पूजा एवं मेला लाग्ने हुँदा शहिदलखन गाउँपालिकाले सूचना निकाली आज सार्वजनिक विदा दिएको छ । गाउँपालिकाभर बिदा दिएको पालिकाले जनाएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा हरेक वर्ष गुठी पूजाको दिन सार्बजनिक बिदा दिने निर्णय भएको र सोही निर्णय अनुसार सोमबार सार्बजनिक बिदा दिएको पालिकाको भनाई छ । सोमबार पालिकाअन्तरगतका सम्पूर्ण कार्यालय र पालिकाभित्रका विद्यालयहरुमा समेत स्थानीय बिदा दिएको बताइएको छ ।

पञ्चमीको अवसर पारेर यस क्षेत्रका मानिसहरु मन्दिरमा पुजाको लागि जाने गर्दछन् । पञ्चमीकै दिन विशेष जात्रा लाग्ने, भजनकिर्तन हुने भएकाले मन्दिर परिसरमा भक्तजनहरुको ठूलो भीड हुने गर्दछ । मन्दिर सम्म पुग्नका लागि केवलक, नीजि तथा सार्वजनिक सवारी साधनको प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here