गाेरखा । विकास निर्माणकाे प्रक्रियालाइ लिएर गोर्खाली सुशासनप्रेमी युवाहरुले जिल्ला प्रशासन कार्यालय गोर्खा, जिल्ला समन्वय समिति गोर्खा, सम्पूर्ण स्थानीय तह गोर्खा, निर्माण व्यवसायी संघ गोर्खालाइ ध्यानाकर्षण पत्र बुझाएका छन् । आज सिमितिका सदस्यहरु र व्यावसायीहरुले पत्र बुझाएका हुन् ।
पत्रमा भनिएकाे छ, प्रस्तुत विषयका सम्बन्धमा यस गोर्खा जिल्लाअन्तर्गत यसै आ.व. ०८१/०८२ को लागि यस कार्यालय मार्फत विनियोजित भईएका विविध प्रकारका योजनाहरूमा टेण्डर प्रक्रिया बिनै नै उपभोक्ता समितिको नाममा कार्यान्वयनमा लगाइएको बुझिन आएको छ । उक्त योजनाहरूमा उपभोक्ता बीच आवश्यक छलफल नगरिकन योजना निर्माण दीर्घकालीन उपयोगीताको भन्दा पनि कार्यालय र सीमित व्यक्तिको आर्थिक लाभ को हिसाबबाट DETAIL ESTIMATE नगरी नै निर्माण कार्यहरू अघि बढाइएको पाइन्छ ।

यो मध्य कतिपय योजनाहरूको नै नेपाल सरकारबाट बजेट रोक्का भएपनि बजेट जथाभावी चलाउन कार्यालयमाथि रहेको र कतिपय योजना सम्पन्नको चरणमाने फुकालो जानकारी पाइन्छ । यसरी आवश्यक स्तर र प्रक्रिया बिनै र सीमित व्यक्तिको मात्र लाभ हुने हिसाबले कार्यान्वयन को चरणमा ल्याइएकाले यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौँ । र यस आ.व. मा र आगामी आ.व.मा नेपाल सरकारबाट विनियोजित बजेट कार्यालयमार्फत बुटी पर्दा योजनाहरूको कार्यालयबाट बिधि र प्रक्रिया पुर्याई गर्नुपर्ने हुन अनुरोध गर्दछौं ।

सुवास तामाङकाे सँयाेजकत्वमा गएकाे टाेलीले सराेकारवाला कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएकाे अर्का युवा विष्णु श्रेष्ठले बताए ।






