नेपाली काँग्रेस गाेरखाकाे सभापतिमा मान्वुका न्याैपाने सर्वसम्मत

सोमवार, असाेज १८, २०७८
0
190
काँग्रेसका लागि गाेरखा जिल्ला सभापति नन्द प्रसाद न्याैपाने

गाेरखा । नेपाली कांग्रेसको १४ अाैँ महाधिवेशन तयारीका क्रममा गाेरखा जिल्लाकाे सभापतिमा महाधिवेशन प्रतिनिधि मान्वु घर भएका नन्द प्रसाद न्याैपाने सर्वसम्मत चयन भएका छन् । उनलाइ महाधिवेशन प्रतिनिधि राजनराज पन्तले प्रस्ताव र महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाइले समर्थनमा हस्तारक्षर गरेका थिए ।

त्यसैगरी ११ पालिका प्रमुख र क्षेत्रीय सभापतिहरुले समेत न्याैपानेकाे पक्षमा सहमति जनाएका छन् ।  जिल्ला सभापतिका लागि रहर गर्नेहरु धेरै भएपनि उम्मेदवारी दिने आँट कसैले नगरेकाे काँग्रेस नेताहरुले जनाएका छन् । न्याैपानले महाधिवेशन प्रतिनिधका लागि ल्याएकाे मतका कारण अरुले उम्मेदवारी दिन आँट नगरेका कतिपयकाे बुझाइ छ ।

४३ वर्षिय न्याैपाने नेपाल विद्यार्थी सँघबाट राजनीति यात्रा गरेका हुन् । यस अघि उनी नेपाली काँग्रेसकाे जिल्ला सचिव भएर काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here