तनहुँका श्रेष्ठ र बागलुङका पाैडेल गण्डकीबाट मन्त्री

शुक्रबार, असाेज २२, २०७८
0
258

असाेज २२, तनहुँ । आज हुने मन्त्री परिषद् विस्तारबाट  गण्डकीमा तनहुँका किसानकुमार श्रेष्ठ र बागलुङका देवेन्द्र प्रसाद पाैडेलले सपथ लिने भएका छन् ।  तनहुँ क्षेत्र नं. १ का सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) श्रम मन्त्री बन्ने भएको छ। नेकपा एकिकृत समाजवादी पार्टी चार वटा मन्त्रालय सहित सरकारमा जान लागेसँगै सांसद श्रेष्ठ पनि श्रममन्त्री बन्ने भएको हो। नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुँगो लगाएको हो ।

स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएका हुन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आलेलाई पठाउने भएका छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्रीलाई र सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाउने भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) बाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ पनि आज  राखिएको बालुवाटार स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here