एमसीसि  ऋण होइन,अनुदान हो नेपालले स्वीकार गर्नुपर्छ : गृहमन्त्री खाँड

शनिबार, पुस १०, २०७८
0
168
गृहमन्त्री बालकृष्ण खाँड गाेरखा उद्याेग वाणिज्य सँघकाे कार्यक्रमलाइ सम्बाेधन गर्नुहँदै । तस्वीर राजेन्द्र न्याैपाने

मनासलु  सम्वाददाता । नेपाल सरकारका गृहमन्त्री बालकृण्ण खाँडले एमसिसी नेपालका लागि अनुदान भएकाले पास गर्नका लागि गठबन्धनमा छलफल सुरु गरिएको बताएका छन् । अमेरिकाले दिने सहयोग ऋण होइन अनुदान हो । त्यहाँका नागरिकहरुले तिरेको करबाट अमेरिकाले नेपालका लागि सहयोग गर्न लागेको हो मन्त्री खाँडले भने ।

गोरखा उद्योग वाणिज्य सँघको ४६औं बार्षिक साधारण सभा तथा १६औं अधिवेशन उद्घाटनका लागि आज गोरखा आएका भएका गृह मन्त्री खाँडले नेपालको हितमा रहेकाले पास गरेर काम गर्नुको विकल्प नभएको बताए ।

गोरखाका पत्रकारहरुसंग कुरा गर्दै एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकोले संसदबाट पास गर्नकै लागि गठबन्धन बिच छलफल चलाउन सुरु गरिएको बताए ।

‘एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना हो । यो एमसिसीका बारेमा तपाई हामी सबै नै सकारात्मक हुनु पर्दछ’ भन्दै ‘यो कुनै सैन्य गठवन्धन नभएको’ मन्त्री खाडले बताए । ‘नेपालमा खास गरेर बिद्युत ट्रान्स मिसन र सडक निर्माण र गरिबी निवारणका लागि र रोजगारी वृद्धिका लागि यो परियोजना हामीले नै प्रस्ताव गरेको’ भन्दै मन्त्री खाडले भने  ‘यो सम्झाैतालाइ सदनबाट पास गर्ने प्रावधान नेपालले नै राखेको’ भन्दै ‘त्यही अन्तर्गत नै पास हुनु पर्छ र टुङो लगाउनु पर्छ ।’ नेपालको रोजगारी वृद्धि र विकासका लागि नै एमसिी नेपालले प्रस्ताव गरेकाले यो सकरात्मक रहेको उनले बताए । अन्तिम टुँगो लागेको छैन छलपmलको क्रममा छ मन्त्री खाँडले भने ।

अर्को प्रशँगमा मन्त्री खाँडले राष्ट्रिय सभाको निर्वाचन निर्वाचन आयोगको कार्यातालिका अनुसार नै हुने बताए ।  स्थानीय,प्रदेश र सँघीय सँसदको निर्वाचन एकसाथ हुने उनकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here