नागरिकलाइ सताउने सुरक्षाकर्मीहरु कारवाहीका भागिदार हुन्छन् : गृहमन्त्री खाँड

शनिबार, पुस १०, २०७८
0
252

गाेरखा । गृहमन्त्री बालकृष्ण खाँडले नागरिकहरुलाइ सताउने सुरक्षाकर्मीहरु कारवाहीका भागिदार हुने बताएका छन् । गोरखा उद्योग वाणिज्य सँघको ४६औं बार्षिक साधारण सभा तथा १६औं अधिवेशन उद्घाटनका लागि आज गोरखा आएका भएका गृह मन्त्री खाँडले आधा खाना खाएर १० बजे नै हाेटल रेष्टुरेन्ट छाेड्नुपर्ने अवस्थाकाे अन्त्य गर्न सरकारले कार्यविधि बनाइरहेकाे बताए ।

मुख्य बजार २४ सै घण्टा खुलाउन पहल भइरहेकाे छ उनले भने । प्रहरी पनि हाम्रै दाजुभाइ नागरिकहरु भएकाले उनीहरुकाे पनि सुरक्षा गर्नु नागरिककाे दायित्व भएकाे बताए ।

प्रहरीकाे क्षमता विकास र स्तर वृद्धिका लागि गृह मन्त्रालय गरेकाे प्रस्ताव अर्थ र प्रधामन्त्री कार्यालयबाट स्विकृत हुने क्रममा रहेकाे मन्त्रीले बताए । याे निमावली एक हप्ता भित्र पास गर्ने उनकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here