गोरखा । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट गोरखाका ११ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।
गत पुष ११ गतेदेखि सुरु भएको महाधिवेशनको ८औँ दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा २ सय ३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए। अध्यक्ष प्रचण्डले घोषणा गरेको केन्द्रिय कमिटीमा गोरखाका ११ जना परेका छन् ।
केन्द्रिय कमिटिमा परेकाहरुको नामावली निम्नाअनुसार रहेको छ :
- नारायणकाजी श्रेष्ठ
- हितराज पाण्डे
- हरिराज अधिकारी
- कृष्ण धिताल
- चुडामणि खड्का
- अमर तमु
- पर्सुराम रम्तेल
- लेखनाथ न्यौपाने
- शुशिला सिम्खडा
- पार्वती थापा
- पम्फा बसेल






