दश वर्षमा झण्डै २७ लाख जनसँख्या वृद्धि

बुधबार, माघ १२, २०७८
0
183

गाेरखा । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० कायम भएकाे छ । १० वर्षमा २७ लाख जनसंख्या वृद्धिकाे केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएकाे छ । २०७८ मसिंर महिनामा जनगणना गरिएकाे थियाे ।

पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।  यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।

जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।

नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । जनसँख्या वृद्धिदर ०.९३ प्रतिशत रहेकाे छ । यस अघि १.३५ प्रतिशत रहेकाे थियाे । खुद जनसँख्या वृद्धि २६ लाख ९७ हजार ९७६ जना रहेकाे छ । जम्मा जनसँख्याकाे १०.१८ प्रतिशत जनसँख्या वृद्धि भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here