गाेरखा- प्रेस चौतारी, नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको शाखाको चौथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनले समितिको उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रवि किरण रेग्मी, सहसचिव (खुल्ला)मा सुजन बस्नेत, सहसचिव (समावेशी) मा अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताललाई चयन गरेको छ ।
सदस्यहरुमा उर्मिला गुरुङ, अश्विन थापा, सुशील भारती, एलेस बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन भएका छन् ।
कार्यक्रमकै बीचमा पत्रकार किरण लोहनीले आफ्नो स्वर्गीय पिता मणिराज लोहनीको स्मृतिमा पत्रकारिता पुरस्कार र एमाले गोरखाका युवा नेता राजन गुरुङले क्रियाशील युवा पत्रकारिता पुरस्कारका लागि ५० हजारको कक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा चाैतारीका गण्डकी प्रदेश इञ्चार्ज गणेश पाण्डे, गण्डकी प्रदेश अध्यक्ष सुष्मा पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत रहेका थिए ।






