गाेरखा । शिक्षकहरुलाइ सहुलियत दरमा उपचार गराउने उदेश्यले ३०० शैया क्षमताकाे अस्पताल बनाउने निर्णय मन्त्रीपरिषदले निर्णय गरेकाे छ । शिक्षकहरुले ३५ बर्ष अगाडि देखी शिक्षक कर्मचारीहरुकाे लागि अस्पताल बनाउन माग गर्दै आएकाे एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शँकर अधिकारीले जानकारी दिए । साेमबार बसेको मन्त्री परिषदको बैठकले शिक्षक कर्मचारी अस्पतालका लागि भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको स्थान भरतपुर -१५, भगवानपुरलाई अनुमोदन गर्दै चितवनमा बनाउने निर्णय गरेको हाे । । डि. पि. आर. निर्माणकार्य संगै छिटै सिलान्यास हुनेछ ।
जग्गा उपलब्ध गराउने भरतपुर महानगरपालिकाकाकी मेयर रेणु दाहाल र शिक्षक अस्पताल निर्माणकालागी स्वीकृत प्रदान गर्ने नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवन्द्र पौडेल, पूर्व सम्भाब्यता अध्ययन तथा जग्गा पहिचान समितिका सदस्यज्युहरू लगायत सम्बन्धित सबैलाइ शिक्षकहरुले धन्यवाद प्रदान गरेका छन् ।






