गाेरखा । चितवन जिल्लाका कुखुरामा बर्डफ्लु देखिएकाे छ । छिमेकी जिल्लामा वर्डफ्लु देखिएपछि गोरखा जिल्लाका नाकामा उच्च निगरानी गर्न थालिएकाे छ । । बर्डफ्लु रोग नियन्त्रण संम्बन्धि सरोकारवालाहरुको बैठकले गोरखा भित्रिने नाकामा पँक्षिहरुकाे कडा चेकजाँच गर्ने निर्णय भएकाे हाे ।
बर्डफ्लु रोगबाट बच्न सर्वसाधारणलाई सचेत गराउने, पंन्छी पालक कृषकको लागि सुरक्षाका सम्पूर्ण गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । जिल्लाकाे गण्डकी गाउँपालिका, आरुघाट गाउँपालिका, पालुङटार नगरपालिका, गोरखा नगरपालिकामा रहेका सिमा नाकामा चेकजाँच कार्य गर्ने भेटेरिनरी अस्पतालका प्रमुख डाक्टर सर्मिला कुमालले बताईन





