सानिमा बैंक लिमिटेडले गोरखाको शक्ति चोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन बैंकका ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले संयुक्त रूपमा गरेका छन् ।
शाखा उद्घाटन समारोहमा मह जोडीले गोरखाको शक्ति चोकमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गरे । साथै, सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलता निम्ति शुभकामना व्यक्त गरे ।





