चैत १७ गाेरखा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शहिद लखन गाउँपालिकाको भेलाले लिला श्रेष्ठको अध्यक्षतामा ४५ सदस्सीय पालिका स्तरीय समिति गठन गरेको छ । बिहिबार गाउँपालिकामा भएको भेलाले उपाध्यक्षमा सकुन थापामगर, तेजमाया गुरुङ, गिता परियार, सचिवमा संगिता थापा, सहसचिवमा शोभा श्रेष्ठ र कोषाअध्यक्षमा सरस्वती गैरे निर्वाचित हुनुभएको संघले जनाएको छ ।
पछि ६ सदस्य थप गर्ने गरि समिति गठन गरिएको अनेमसंघ क्रान्तिकारी शहीद लखन गाउँपालिकाकी इन्चार्ज तथा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिएकी छन् । भेलाको नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा संघिय सांसद हरिराज अधिकारीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अमर तमु , पार्टीका गण्डकी प्रदेश समितिका सदस्यहरु शोभा लामिछाने,कृष्ण चेपाङ, रमेशकुमार श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।






