न्यायधिस सापकाेटाद्वारा अजिरकाेट गाउँपालिकाकाे निरीक्षण

आइतवार, असार ३१, २०८०
0
167

गाेरखा । गाेरखा जिल्लाकाे न्याधित तेजेन्द्र प्रसाद शर्मा सापकाेटाद्वारा अजिरकाेट गाउँपालिका निरीक्षण भएकाे छ । गाउँपालिकाले गरेकाे न्याय उपर चित्त नबुझेमा जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेकाे छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ९४ बमोजिम पुनरावेदन सुन्ने अदालतको हैसियतले जिल्ला अदालत गोरखाका माननिय न्यायाधिस श्री तेजेन्द्र प्रसाद शर्मा सापकोटा ज्युको नेतृत्वको कर्मचारी सहितको टोलीले यस गाउँपालिकाको न्यायिक समितिवाट चा.लु. आ.व. २०७९/०८० मा भए गरेका न्यायिक काम कारवाहीको निरिक्षण पश्चात अन्तर्किया तथा पृष्ठपोषण गर्ने कार्यक्रम सम्पन्न भएकाे हाे ।

न्यायिक समितिको क्षेत्राधिकार भित्रको विषयमा न्यायिक सेवा लिनुपर्ने भएमा गाउँपालिकाको न्यायिक समितिसमक्ष उजुरी/निवेदन पेश गर्नुहुन समेत सम्वन्धित सवैमा गाउँपालिकाले अनुरोध गरेकाे छ।

गाउँपालिकामा न्यायिक समितिकाे सँयाेजक उपाध्यक्ष रहने व्यवस्था रहेकाे छ । निरीक्षणका क्रममा न्यायधिस सापकाेटाले एउटालाइ न्याय गर्दा अर्काे अन्यायमा पर्ने नहुने बताए । न्याय गर्नुभनेकाे दुबै पक्ष विजयी हुनु रहेकाे उनकाे भनाइ थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here