गाेरखा क्याम्पसका विद्यार्थीका लागि राेटरी क्लव अफ बज्र मनास्लुद्वारा १५ थान डिस्पेन्सर जार प्रदान

बिहिबार, साउन ३२, २०८०
0
142

गोरखा । रोटरी क्लब अफ बज्र मनास्लुले आज गोरखा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहजताको लागि पानी राख्ने जार सहयोग गरेको छ । क्लबले बिहीबार १५ सेट पानी राख्ने जार सहयोग उपलब्ध गराएको हो ।

विद्यार्थीलाई पानी पिउन समस्या भएको भन्दै क्याम्पसले जानकारी गराए पछि उक्त सामाग्री उपलब्ध गराईएको क्लबका अध्यक्ष शिशुबावु प्रधान (शिशिर) ले जानकारी दिए । ‘धेरै विद्यार्थी भएको र पानी पिउनका लागि टाढा जानुपर्ने बाध्यता रहेको’ भन्दै अध्यक्ष प्रधानले भने ‘कक्षा कोठामा नै पानी पिउन सहज होस भनेर पानीका जारहरु सहयोग गरेको बताए ।’

क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले कक्षा कोठा भन्दा २|३ सय मिटर टाढा पुगेर पानी पिउनु पर्ने बाध्यता थियो । क्लबले आज उक्त सामाग्री दिए पछि भने अब कक्षा कोठामा नै पानी पिउन सहज हुने क्याम्पस प्रमुख रामशरण बानियाँले बताए ।

क्लबले १५|१५ सेट पानी राख्ने जार, डिस्पेन्सर र टुल उपलब्ध गराएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।  सामाग्री बिहीबार एक कार्यक्रम बिच क्लबका अध्यक्ष प्रधानले क्याम्पस प्रमुख बानियाँलाई हस्तान्तरण गरेका थिए ।

क्याम्पसलाई उपलब्ध गराईएको उक्त सामाग्री १८ हजार मुल्य बरावरको भएको क्लबले जानकारी दिएको छ । हस्तान्तरण कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरु र क्लबका पूर्व अध्यक्ष सहितका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here