लायन्स क्लब अफ गोरखाकालिकाद्वारा विद्यालयलाइ शैक्षिक सामग्री प्रदान

बिहिबार, साउन ३२, २०८०
0
131

साउन, ३२ गाेरखा । लायन्स क्लब अफ गाेरखाकालिकाले सदरमुकाममा रहेको २ वटा स्कुललाई सामाग्री बितरण गरेको छ । क्बलले महेन्द्र ज्योति मावि र बज्रभैरब प्राविलाई पानी शुद्विकरण मेशिन र स्टेशनरी सामाग्री बितरण गरेको हो ।

क्लबले मंगलबार गोरखा नगरपालिका–६ दरबार मार्ग स्थित रहेको महेन्द्र ज्योति माविलाई पानी शुद्विकरण गर्ने युरोगार्ड मेसिन हस्तान्रतण गरेको थियो भने बुधबार गोरखा नगरपालिका–४ को फिनाममा रहेको बज्रभैरव प्राविमा अध्ययनरत १८ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरेको अध्यक्ष कमला श्रेष्ठले जानकारी दिइन ।

अध्यक्ष श्रेष्ठका अनुसार महेन्द्र ज्योतिमा विद्यार्थीहरु धेरै भएको र पानी शुद्विकरण मेशिनको अभाव देखिएको मेशिन प्रदान गरिएको र बज्रभैरवमा शैक्षिक सामाग्री अभाव देखिएकोले सोही अनुसार सामाग्री वितरण गरिएको हो ।

वज्रभैरवमा अध्ययनरत विद्यार्थीहरुको लागि क्लबले कपी, पन्सिल, इलेजर, कटर, कलर, बल तथा चार्टहरुका साथै अन्य शैक्षिक सामाग्री प्रदान गरिएको जनाएको छ ।

शैक्षिक सामाग्री बितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा क्लबका प्रतिनिधीहरुको उपस्थिती रहेको लायन्स क्लब अफ गाेरखकालीका अध्यक्षले बताइन ।

दुवै स्कुलमा गरी ३७ हजार वरावरको सामाग्री हस्तान्तरण गरिएको पनि क्लबले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here