पहिरोका कारण धार्चे गाउँपालिकामा ७२ घर उच्च जोखिममा

शुक्रबार, भदौ ८, २०८०
0
136
पहिराेकाे जाेखिममा रहेकाे खानी गाउँ ।

गोरखा ८ भदौ । जिल्लाको धाचर््े गाउँपालिका वडा नम्बर १, ३ र ७ का ७२ घरधुरी पहिरोको जोखिममा परेका छन् । वडा नम्बर १ दाम्पकचेत पहिरोका कारण ९ घरधुरी उच्च जोखिममा रहेको  धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

वडा नम्बर १ मा बुढीगण्डकीको कटानले पहिरो ल्याई ९ घरधुरी सहितको वस्ती जोखिममा परेको हो । वडा नम्बर ३ को लक्पाल पहिरोका कारण ३० घरधुरी उच्च जोखिममा रहेका छन् । लक्पाल बस्ती भन्दा माथिको पहिरोले जोखिम ल्याएको हो ।

वडा नम्बर  ७ को खानीगाउँ पहिरोका कारण ३३ घरपरिवार पहिरोको उच्च जोखिम रहेका धार्चे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।

२०७२ मा आएको भूकम्पले चर्काएको बस्तीमा पहिरोको उच्च जोखिम रहेका ३३ घर परिवार विस्थापित भएका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिँहदरबार काठमाण्डौलाई पत्र लेखि पठाएको सुनारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here