अछाम बाट पुष्प सुमन सञ्ज्याल को गजल

बिहिबार, असाेज १५, २०७७
0
171

जिन्दगी भर साथ दिने यार भैदिए ।
केही सोच्थे त्यस्तो कुनै आधार भैदिए।

दिलमै थियौ दिलमै गोलि चलाई गयौं
मारि दिन्थौ होला दिलमै तरबार भैदिए।

सायद तिम्रा यादहरु लिलामिमै बेच्थे होला
कहि किन्ने कहि बेच्ने व्यापार भैदिए ।

मलाई छोड्यौ छोड्थौ दुनियालाई पनि
अझै तिम्रा चेहेरामा श्रीङ्गार भैदिए ।

पुष्प सुमन सञ्ज्याल
कमलबजार अछाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here