निमुखाले न्याय नपाउने निश्चित छ
अपराधीहरु झन रमाउने निश्चित छ
गणितमा दुईतीहाइको दम्ब देखाएर
आन्दोलित जनता दबाउने निश्चित छ
नक्कली भएपनी रिपोर्ट तयार पारेर
मुख्य दोषीलाई उम्काउने निश्चित छ
बिदेशी शक्तिलाई रिजाएर जसरी पनि
यो आफ्नो सरकार बचाउने निश्चित छ
काम गर्नु पर्दैन मोजमस्ती छ तिन्लाई
जनतालाई सपना देखाउने निश्चित छ !! लेखनाथ खनाल “अंकुर” अर्जुनचौपारी-६ दरौं, स्याङ्जा !






