बारपाक सुलिकोट गाउँपालिकामा रहेका पहिरो पिडितले पाए राहत रकम

आइतवार, असाेज १८, २०७७
0
245

गाेरखा ।   बारपाक सुलिकोट गाउँपालिकाका पहिरो पिडितलाई आज राहत रकम बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ का पहिरो पिडितहरुलाई राहत रकम उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।

केही समय अघि परेको अबिरल बर्षा पछि गएको पहिरोले घर क्षति पुर्याएका १२ घर परिवारलाई राहात उपलब्ध गराइएको हाे  । पिडितलाई प्रति परिवार रु १५ हजार रुपैयाका दरले राहात उपलब्ध गराइएको अध्यक्ष भट्टले बताए ।

‘गाउँपालिकाका ४ वटा वडाका पहिरोले क्षति पुर्याएका १२ घर परिवारलाई राहत रकम बितरण भएको छ । हामीले पहिरोबाट क्षति पुर्याएका घर परिवारको तथ्याङक संकलन गरि जिल्ला प्रशासन कार्यालयलाई पठाएका थियौ ।

राहत रकम बितरणका लागि जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ, लगायत बारपाक सुलिकोट गाउँपालिका पुगेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here