म बगिरहेछु खोलाको पानी जस्तै
बाँध्नुहोस मलाइ कुलेखानी जस्तै
गाउँ बाट टाढा छु सहर बाट टाढा छु
मुलुकमा नपुगेको बिहानी जस्तै
शिर उठेको हो पाउ उठेको होइन
नहेर्नुस खराब निगरानी जस्तै
थाहै नदिएर साथ छाडेर गयो
निष्ठुरी उ पनि रैछ जवानी जस्तै
चोक मा सुन्दैछु भिड्का बातहरु
बडो दुख्खको रामकहानी जस्तै म पनि पुगेको छु दुरदराज सम्म परदेसिको झोला जस्तै राहदानी जस्तै बिपिन सलामि






