‘लोचन फूलको थुँगा ज्यु को दमदार गजल

बुधबार, माघ २८, २०७७
0
227

किन हाेला आज जिन्दगीले अलग्गै माेड बनायो
रोइरहँदा हाँस्न नसक्ने कस्तो निचोड बनायो ।

केही चिजहरू फुट्छन् टुट्छन् सजाउन सिक्नुपर्छ
असत्य टिक्दै टिक्दैन यहाँ, सत्यको जाेड बनायो ।

क्या खुव बनायो मेराे याे भाग्य बनाउनेले पनि
तिमी बनायो म बनायो किन हाे बिछोड बनायाे ।

म कमजोर जराकाे रुख, सानो हावाले हल्लिन्छु
नयाँ नेपाल, सत्ताको खेल, मात्र ताेड्फाेड बनायाे ।

अभाव बाहेक अरु ठूलो पीडा के हुन्छ र जिन्दगीमा
अनुभव बटुल्दै जाँदा, मलाई पिडा करोड बनायो ।

‘लोचन फूलको थुँगा’
मुम्बई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here