मनाङ । मनाङ जिल्लाकाे जिल्ला हुलाक कार्यालय मर्स्याङ्दि नदिमा खसेकाे छ । दुइ दिन देखि परेकाे अविरल वर्षातका कारण नदि किनारमा रहकाे हुलाक कार्यालय आज बगाएकाे हाे । हुलाक कार्यालयकाे भाैतिक सँरचना सँगै कार्यालयमा भएका कागजपत्रहरु सबै बगाएकाे मनाङका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।





