Home Breaking News भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

मङ्लबार, भदौ ५, २०७५
0
299

बुटवल, ५ भदौ : मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश सरकारले भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

यहाँका मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर ईदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै सोमबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

NO COMMENTS