बारपाक सुलिकोट गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन सम्पन्न

बिहिबार, असार ११, २०८३
0
2

गाेरखा । बारपाक सुलिकोट गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन गाउँपालिका अध्यक्ष श्री विष्णु प्रसादको अध्यक्षतामामा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष तथा गाउँ सभाका अध्यक्ष ज्यूले प्रस्तुत गर्नुभएकोआगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम गाउँसभबाट पारित भएको छ।

आर्थिक बर्ष २०८३/०८४ को लागि कुल रु. ६६ करोड २८ लाख ६८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरिएको छ। कुल विनियोजित बजेटमध्ये सडक पूर्वाधारतर्फ १७.५६ प्रतिशत, आर्थिक विकास क्षेत्रतर्फ ४.७८ प्रतिशत, सामाजिक विकास क्षेत्रतर्फ ४९.८१ प्रतिशत, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ०.५२ प्रतिशत, संस्थागत विकास तथा सुशासनतर्फ ७.९० प्रतिशत तथा कार्यालय सञ्चालन एवं प्रशासनिक खर्चतर्फ १९.४३ प्रतिशत बजेट विनियोजन गरिएको छ।

दिगो, समावेशी तथा परिणाममुखी विकासको लक्ष्यसहित आगामी वर्षका नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। समृद्ध बारपाक सुलिकोट निर्माणका लागि सुशासन, प्रभावकारी सेवा प्रवाह, पूर्वाधार विकास, आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राखी बजेट विनियोजन गरिएको पालिका अध्यक्ष भट्टले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here