२२ जेठ, गोरखा । गोरखा प्रहरीले चोरी मुद्वाका २ जना फरार ब्यक्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–३ बर्ष २० का देउवा भन्ने देव बहादुर गुरुङ र बर्ष २२ का खत्री मिलन भन्ने आश बहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार गोरखा जिल्ला अदालतबाट ०८२ साल कार्तिक २१ गते जनही १ बर्ष कैद र १० हजार रुपैयाँ जरिवाना भएका देउवा र मिलन पक्राउ परेका हुन् ।
प्रहरीलाई बिशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेका थिए । जेठ २० गते बुधबार पक्राउ परेका दुवैजनालाई प्रहरी बिहीबार अदालत उपस्थित गराएको थियो ।
बिहीबार अदालतको आदेशले दुवैलाई गोरखा कारागार चलान गरिएको प्रनाउ तथा सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।






